पार्टी एकता संयोजन समितिको बैठक आज बलकोटमा

Advertisement

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार केपी ओली निवासमा बस्दैछ ।

बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको हो । बैठकले दुई पार्टी एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।

शनिबार मात्रै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई दिन भएको छलफलमा पार्टी एकाता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा कुराकानी भएको थियो ।

आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ ।

सो प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफलपश्चात पारित गर्ने तयारी भएको छ ।

Advertisement

Advertisement

Advertisement