अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित, न्युक्यास्टल ३-१ ले पराजित,

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर फुटबल लिगमा लिग लिडर म्यानचेस्टर सिटीले न्युक्यास्टल युनाइटेडलाई पराजित गरेको छ । गए राति भएको खेलमा सिटीले न्युक्यास्टललाई ३-१ ले पराजित गरेको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा ३४ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । उनैले दोस्रो हाफको ६३ औं र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि सिटी ३-१ को सानदार जित दर्ता गर्यो । मुर्फिले ६७ औं मिनेटमा गोल गर्दै न्युकासललाई थोरै राहत दिलाए ।

जितसँगै सिटीको लिगमा २४ खेलबाट ६५ अंक भएको छ । दोस्रो स्थानको युनाइटेडको भने लिगमा समान खेलबाट ५३ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement