युवा उद्यमी मनिषकुमार अग्रवालको अल्पायुमै निधन

Advertisement

काठमाडौंः युवा उद्यमी मनिषकुमार अग्रवालको अल्पायुमै निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका अग्रवालको ४५ वर्षको उमेरमा निधन भएको हो ।

महासंघको निर्यात प्रवर्द्धन समितिको सभापति रहेका मनिष गएराति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दिल्लीको मेदान्त अस्पतालमा ब्लड क्यान्सरको उपचारका क्रममा उनको निधन भएको हो ।

केही महिना अघि ब्लड क्यान्सर देखिएपछि उपचार गराउँदै आएका मनिष सरल र मिलनसार व्यवसायी थिए । घिउ तेल उत्पादक संघमा समेत आवद्ध उनको नवलपरासीमा चिनी उद्योग र वीरगञ्जमा प्लास्टिकको बोरा बनाउने उद्योग छ ।

मनिषको निधनपछि महासंघका निवर्तमान अध्यष पशुपति मुरारकाले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेका छन् । उनले व्यवसायिक क्षेत्रले अध्ययनशील युवा उद्यमी अग्रवाललाई गुमाउनुपरेको भन्दै अल्पायुमै उनको निधनले सम्पूर्ण निजी क्षेत्र मर्माहित बनेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement