प्रभुको ४० प्रतिशत हकप्रद आजबाट खुला, फागुन १३ सम्म आवेदन दिन पाइने

Advertisement

काठमाडौंः प्रभु बैंकको दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद सेयर आज (आइतवार) देखि बिक्री खुला भएको छ । बैंकले १०ः४ को अनुपातमा ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

एक सय रुपियाँ अंकित हकप्रदका लागि फागुन १३ सम्म आवेदन दिन सकिनेछ । हकप्रदका लागि पुस २० गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं रहेको छ ।

हकप्रद सेयरका लागि प्रभु बैंकको प्रधान कार्यलय बबरमहलका साथै यसका अधिकांश शाखाबाट समेत आवेदन दिन सकिनेछ । आस्वामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी आठ अर्ब पुर्याउनका लागि प्रभुले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपियाँ रहेकामा हकप्रद निष्कासनपछि भने आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपियाँ पुग्नेछ ।

प्रभुले चालु आवको पहिलो त्रैमासमा २५ करोड सात लाख ३९ हजार रुपियाँ खुद नाफा गरेको थियो ।

Advertisement

Advertisement

Advertisement