दुर्लभ रेडपाण्डको चोरी निकासी अझै रोकिएन

Advertisement

काठमाडौंः नेपालमा पाइने दुर्लभ रेडपाण्डे (हाब्रे)को चोरी निकासी रोक्न प्रहरी प्रशासन अझै असफल भएको छ । रेडपाण्डको दुई थान छालासहित चार जनालाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

यसअघि पनि प्रहरीले यस्ता तस्करहरुलाई पक्राउ गर्दै आए पनि रेडपाण्डको छाला ओसारपसार रोकिन सकेको छैन् । संरक्षित वन्यजन्तु र यसको आखेटोपहार चोरी शिकारी र व्यापार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरित हुन्छ ।

बाताबरण तथा वन्यजन्तुसँग सम्वन्धित अपराध रोकथाम, नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले शनिबार बुढानिलकण्ठबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानुिर गढी–८ का विनोद राना, स्याङ्जा पुतलीबजार–११ का हर्कबहादुर आले, नुवाकोट शिवपुरी–६ का राजकुमार तामाङ र भोजपुर रामप्रसाद राई–१ का ध्याबहादुर राई छन् ।

उनीहरुलाई रेडपाण्डाको छालासहित जिल्ला वन कार्यालय हात्तिसारमा बुझाइएको प्रहरीले जनाएको छ । गैरकानुनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, घाइते बनाउने, त्यस्ता जन्तुको आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने, ओसारपोसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना र पाँचदेखि १५ बर्ष जेल वा दुवै सजाय हुनसक्छ ।

रेडपाण्डाको छाला तथा अंगको कुनै पनि प्रयोग नहुने र यसको बजार मूल्यसमेत नभएको अवस्थामा राम्रो मूल्यमा बिक्री हुन्छ भन्ने हल्लाको आधारमा उच्च पहाडी क्षेत्रबाट यसको बिक्री गर्न काठमाडौं ल्याउने गरिएको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement