प्रभु बैंकको शान्तिपुर शाखा सञ्चालनमा

Advertisement

गुल्मीः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको शान्तीपुर बजारमा आजदेखि प्रभु बैंकको शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष श्री द्रोण बहादुर खत्री एक समारोहका विच बैंकको नयाँ शाखाको उद्घाटन गरे ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंकले पहिलोपटक शाखा सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएको यस शान्तीपुर शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement