ओलीलाई मोदीको फेरि फोन, भावी प्रधानमन्त्रीका लागि फेरि शुभकामना

Advertisement

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन । अध्यक्ष ओली र मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका थिए । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए ।

ओलीले मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रहसमेत गरे । मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

मोदीले यसअघि चुनाव जितेपछि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

Advertisement

Advertisement

Advertisement