अमेरिकामा फेरी नेपालीको हत्या, स्टोर पसलभित्रै छिरेर गरे हत्या (भिडियो हेर्नुहोस)

Advertisement

वाशिङटन डिसी: अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको गर्ल्याण्ड ग्यास इस्टेसनको एक स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ ।

उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए । पाण्डेको आफ्नो श्रीमती पनि उतै रहेको र उनको श्रीमती साँढे पाँच महिनाको गर्भवती रहेकी थिइन् ।

मनिषले आफ्नो फेसबुक आइडी पछिल्लो पटक जनवरी ६ तारिखमा उपडेट गरेका छन् ।

https://www.youtube.com/watch?v=LxIJGOWsV3A

Advertisement

Advertisement

Advertisement