ला लिगामा बार्सिलोनाको सानदार जित, रियल बेटिस ५-० मा पराजित

Advertisement

एजेन्सीः स्पेनीस ला लिगा फुटबल लिग अन्तर्गतको खेलमा बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोना एकतर्फी हाबी भएको थियो । पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको बार्साले दोस्रो हाफमा पाँच गोल गर्यो । खेलको ५९ औं मिनेटमा राकाटिकले गोल गर्दै बार्सिलोनाले सुरुवाती अग्रता लियो ।

खेलको ६४ औं र ८० औं मिनेटमा मेस्सीले र ६९ औं र ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाको लिगमा २० खेलबाट ५४ अंक बनाएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको लिगमा समान २० खेलबाट ४३ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement