अव खुला ठाउँमा आगो बाल्न प्रतिवन्ध, यस्तो छ कारण

Advertisement

काठमाडौं: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकासहितका विभिन्न शहरहरुमा खुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको छ ।

यस वारेको निर्णयको परिपत्र मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा पठाएको छ ।

मन्त्रालयका अनुसार वायु प्रदुषणको प्रमुख कारणमध्ये खुला रुपमा बालिने आगो पनि एक भएकाले खुुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । फोहोरमैला ऐनमा पनि खुला रुपमा आगो बाल्न निषेध गरिएको छ ।

यसघि विज्ञसहितको एक बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुला रुपमा बालिने आगो प्रतिवन्ध लगाउन स मन्त्रालयलाई निर्देशन दिएको थियो ।

Advertisement

Advertisement

Advertisement