अर्थमुभर्सले भित्र्यायो नेपालमा भोल्भो सोइल कमप्याक्टर

Advertisement

काठमाडौंः नेपालका लागि आधिकारीक बिक्रैता एक्सप्लोर अर्थमूभर्सले ११ टन श्रेणीको भोल्भो सोइल कमप्याक्टर नेपालमा भित्र्याएको छ । कम्पनीले एसडी ११० बीए नामक भोल्भो नेपाली बजारमा पहिलो पटक भित्र्याएको हो ।

अर्थमुभर्सले यो भोल्भोले विशेष गरी सडक निर्माण परियोजना र कम समयमा काम सम्पन्न गर्न सक्ने क्षमता राख्ने बताएको छ । एसडी ११० बीए मा १०५ एचपी क्षमताको किर्लोसकर इन्जीन प्रयोग गरिएको छ जुन यस इन्जीनको वर्गमा इन्धन बचत र राम्रो भएको जनाइएको छ ।

उक्त मेसिनमा मल्टीपल फ्रिक्वेन्सी सेलेक्सन, दुई सेलेक्सनको एम्प्लीटयुडस, र सेन्ट्रीफयु्गल फोर्स जस्ता विषेशता रहेको जनाएको छ । यस भोल्भो सीइको दक्षिण कोरियामा स्टेट अफ आर्ट उत्पादन सुविधा रहेको छ ।

साथै, कम्पनीले ग्राहकका लागी परीचयात्मक विशेषता स्वरुप बिस्तारित वारेन्टी उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement