लोकन्थलीमा फरक विशेषताको ‘कखरा प्रिस्कुल’ सुरु, अभिभावकले मोवाइलबाट प्रत्यक्ष रेखदेख गर्नसक्ने

Advertisement

भक्तपुरः लोकन्थलीको मनहरा टाउन प्लानिङमा फरक विशेषतासहितको मन्टेश्वरी विद्यालय ‘कखरा प्रिस्कुल’ सञ्चालनमा आएको छ । सरस्वती पुजाको दिन पारेर सोमबार यस स्कुलको औपचारिक सुरुवात गरिएको हो ।

बालबालिकाको लागि आवश्यक भौतिक र शैक्षिक बाताबरणमा अध्ययन र हेरचारको व्यवस्था प्रदान गरिने कखरा प्रिस्कुलका कक्षा कोठाहरुदेखि खेल्ने ठाउँ, खानपिनको व्यवस्था र हेरचार अन्तर्राष्ट्रिय मापदण्डको स्तरीय रहेको स्कुलका निर्देशक उमानाथ निरौलाको भनाई छ ।

उनका अनुसार चिकित्सकहरुले सिफारिस गरेअनुसार खानाको परिकारहरुको निर्माण, बालबालिकालाई खानपिनको व्यवस्था, साना सानीहरुलाई शुद्ध तोरिको तेल लगाएर मसाज गरिदिनेदेखि भिटामिन डीको अभाव हुन नदिन घाममा राखेर खेलाउनेसँगै पढाउने व्यवस्था मिलाइएको छ ।

राजधानीमा धेरै मन्टेश्वरी विद्यालयहरु खुले पनि ती बालमैत्री नरहेको र बालबालिकालाई दिनभरी एउटै चिसो कोठामा राख्ने, उनीहरुको आवश्यकता र मनोभावनाअनुसार हेरचार नहुने गरेको देखिएको भन्दै निरौलाले विदेशी नामका मन्टेश्वरीको फ्रान्चाइजको रुपमा कतिपय मन्टेश्वरीहरु खुले पनि त्यो मापदण्डअनुसार काम नहुने गरेको उदाहरण दिइन ।

स्कुलकी प्रिन्सिपल निशा घिमिरेले कखरा प्रिस्कुल विज्ञ एवं अनुभवी मानिसहरुको सल्लाहमा बालमैत्री बाताबरणमा पढाउने र हेरचार गर्ने उद्देश्यसहित सुरु गरिएको भन्दै लामो अनुभव हासिल गरेका शिक्षक शिक्षिकाहरुमार्फत उत्कृष्ट शैक्षिक बाताबरणमा स्कुल सञ्चालन गरि यसलाई नमुना स्कुल बनाउन आफूहरुको उद्देश्य रहेको बताइन ।

कखरा प्रिस्कुलले छुट्टै मोवाइल एप्ससमेत निर्माण गरेकाले त्यसमार्फत आफ्ना नानी बाबुहरु स्कुलमा के अवस्था अवस्थामा अध्ययन गरिरहेका छन् भन्ने कुरा अभिभावकहरुले जुनसुकै ठाउँबाट प्रत्यक्ष अवलोकनसमेत गर्नसक्छन् । उनीहरुलाई घरसम्म ल्याउने र पुर्याउन सवारी साधनको समेत व्यवस्था रहेको जानकारी दिँदै निशा घिमिरेले चाँडै नै भक्तपुर क्षेत्रमा नमुना मन्टेश्वरी स्कुलको रुपमा स्थापित हुनसक्ने बताइन ।

कखरा शुभारम्भका अवसरमा सातदिनसम्म आकर्षक छुटको व्यवस्था गरेकोले आज थप २६ नयाँ अभिभावकले आफ्ना नानीहरु भर्ना गरेको स्कुल सञ्चालक निरौलाले जानकारी दिए ।

kakhara

Advertisement

Advertisement

Advertisement