एनएमबीको एक करोड १४ लाख कित्ता एफपीओ जारी हुँदै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब व्रुपियाँ चुक्ता पूँजी पुर्याउनको लागि एनएमबी बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) को सहारा लिने भएको छ । एनएमबीले एक करोड १४ लाख कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी आठ अर्ब पुर्याउन थप छ महिनाको समयसीमा दिएको छ । बैंकले उक्त परिणामको एफपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

तर निष्कासनका लागि अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

Advertisement

Advertisement

Advertisement