शेयर कारोबार गर्दा अब व्यक्तिगत विवरण अनिवार्य

Advertisement

काठमाडौंः शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले यसअघि धितोपत्र कारोबार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा पनि पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो । सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement