एलजीको सुविधासम्पन्न शोरुम सितापाइला चोकमा

Advertisement

काठमाडौंः मनोरञ्जन, घरायसी सामग्री र मोवाइलमा विश्वको अग्रणी ब्राण्ड एलजीले सितालापाइला चोकमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा एलजीको आधिकारिक बिक्रेता चौधरी समूहको एलजी इलेक्ट्रोनिक्सले सोमबार शोरुम शुभारम्भ कार्यक्रम आयोजना गरेको हो ।

एलजिई सिंगापुरका कार्यकारी निर्देशक ब्राइन पार्क र सिजी कर्पग्लोबलका कार्यकारी निर्देशक निर्माणा चौधरीले संयुक्तरुपमा यसको उदघाटन गरेका हुन । उपभोक्ताहरुको बढ्दो मागलाई ध्यानमा राखी सहजरुपमा एलजीका उत्पादनहरु खरिदको व्यवस्था गर्न सितापाइलामा एलजी लाइफस्टायल सप सञ्चालन सुरु गरिएको एलजीले जनाएको छ ।

उदघाटन कार्यक्रममा एलपिई सिंगापुरका कार्यकारी निर्देशक पार्कले एलजीले नेपालीका उपभोक्ताको जीवनशैलीअनुसारका नविन सामानहरु उत्पादन गर्दै आएको भन्दै एलजी नेपालको लोकप्रिय ब्राण्ड भएको बताए ।

सिजी कर्पग्लोबलका कार्यकारी निर्देशक निर्माण चौधरीले गएको ३० बर्षदेखि नेपालमा एलजी लोकप्रिय ब्राण्ड हुनुको कारण यसको निरन्तर नविन उत्पादन, अनुसन्धान तथा विकासमा गरिएको ठूलो लगानी भएको बताए । विश्वस्तरका इलेक्ट्रोनिक सामानहरु सुलभ मूल्यमा उपलब्ध गराउँदै आएकाले नेपालमा समेत यसको माग बढि रहेको उनले बताए ।

lg-showroom

Advertisement

Advertisement

Advertisement