आठ लाख अवैध भारु सटही गर्नै लाग्दा एक नेपाली पक्राउ

Advertisement

विराटनगर: आठ लाख पचास हजार अवैध भारतीय रुपियाँसहित सोमबार एक नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ ।

पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement