काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य एवं वर्तमान कार्यकारिणी समितिमा निर्यात प्रवद्र्धन समितिका सभापति मनिषकुमार अग्रवालको अल्पायुमै निधन भएको खबरले शोक जनाएको छ ।
अग्रवालको शनिबार उपचारका क्रममा दिल्लीको एक अस्पतालमा निधन भएको हो । उनको निधनले महासंघको परिवार स्तब्ध भएको भन्दै महासंघले अग्रवालको निधनले आफूलाई अपुरणीय क्षति पुगेको र सिंगो निजी क्षेत्रले एक होनहार युवा उद्यमी गुमाएको जनाएको छ ।
उद्योगपति हरिप्रसाद अग्रवाल र आमा पद्मा अग्रवालका कान्छा छोरा मनिषकुमार अग्रवालको जन्म ४५ वर्ष अघि बीरगञ्जमा भएको थियो । केही समयअघिसम्म पनि सक्रिय रुपमा काम गरिरहेका अग्रवाललाई एक्कासी व्लड क्यान्सर भएको पत्ता लागेपछि भारतको मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अग्रवालका तेल, मैदा, प्लाष्टिक्स, चिनी, जुट आदि उद्योगहरु सञ्चालित छन् । मृदुभाषी, कसैको पनि चित्त नदुखाउने, हसिलो र मिलनसार स्वभावका स्वर्गीय अग्रवाल नेपालको परिचत व्यवसायिक घराना एचसी अग्रवाल ग्रुप अफ कम्पनिज्का प्रवन्ध निर्देशक रहेको महासंघले आफ्नो शोक वक्तव्यमा उल्लेख गरेको छ ।
अग्रवाल महासंघको वस्तुगत सदस्य नेपाल वनस्पति घिउ तेल उत्पादक संघ, नेपाल चामल तेल तथा दाल उद्योग संघ, नेपाल चिनी उद्योग संघ लगायतका विभिन्न संघ संस्थास“ग समेत आवद्ध थिए । उनका श्रीमती र एक छोरा छन् ।
अग्रवालको निधनप्रति महासंघले समवेदना प्रकट गर्दै स्वर्र्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गरेको छ । शोक सभामा स्वर्गीय अग्रवालको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ÷संस्थाका पदाधिकारी एवं महासंघ सचिवालयका कर्मचारीहरुबाट स्वर्गीय अग्रवालको तस्विरमा माल्यार्पण गरेका थिए । उनको शोकमा महासंघ सचिवालय सोमबार आधा दिन विदा दिने घोषणा समेत गरेको थियो ।