युनाईटेड विश्वको सार्वधिक कमाई गर्ने टिम, रियल र बार्सिलोना कतिऔं स्थानमा ?

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड गत सिजन विश्वको सार्वधिक कमाई गर्ने फुटबल क्लब बनेको छ । युनाइटेडले युरोपको चर्चित फुटबल लिगबाट सार्वधीक कमाई गरेको हो ।

डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार युनाईटेडले स्पेनीस जाएन्ट रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै धेरै कमाई गर्ने टिम बनेको हो । डिलोइट्टीका अनुसार गत सिजन युनाईटेडले ५८१ मिलियन पाउण्ड कमाई गरेको छ । स्पेनीस क्लब रियल मड्रिडले ५७९ मिलियन पाउण्ड तथा बार्सिलोनाले ५५७ मिलियन पाउण्ड कमाई गरेको छ ।

साथै, चौथो स्थानमा रहेको जर्मनीको क्लब बायर्न म्युनिखले ५०५ मिलियन पाउण्ड कमाई गरेको छ । पाँचौ स्थानमा म्यान्चेस्टर सिटी ४५३ मिलियन पाउण्डका साथ, ४१९ मिलियन पाउण्ड कमाईका साथ आर्सनल छैठौ स्थानमा रहेको छ ।

त्यस्तै, फ्रान्सको पीएसजी सातौ स्थानमा ४१७ मिलियन पाउण्ड कमाईका साथ, चेल्सी ३६७ मिलियन पाउण्ड कमाई गर्दै आठौ स्थानमा रहेको छ । नवौं स्थानमा लिभरपुल र दशौ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ ।

Advertisement

Advertisement

Advertisement