पाटन दरबारको पुनः निर्माणका लागि हिमालयन बैंकको एक करोड सहयोग

Advertisement

काठमाडौंः हिमालयन बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा भुकम्पबाट क्षति भएको पाटन दरावार क्षेत्रको पुनः निर्माणका लागि एक करोड रुपियाँ दिएको छ । बैंकले भ्याली प्रिजर्भेसन ट्रस्टलाई पुनः निर्माणका लागि उक्त रकम दिएको हो ।

बैंक सञ्चालक समितीका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्रस्टका डाइरेक्टर रोहित कुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजना गरिएको कार्यक्रमकाबीच रकम दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement