सेयर बजारमा गिरावट कायमै, नेप्से १४ सय अंक तल

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से आज मंगलबार ९ दशमलव ०५ अंकले घटेर एक हजार ३९३ दशमलव ०४ अंक कायम भएको छ । बजारमा आज पनि कारोबार निरासा जनक रह्यो ।

आज ३२ करोड २६ लाख ७३ हजार ३५८ रुपियाँ बराबरको ८ लाख २८ हजार ७०७ कित्ता सेयर कारोबार भएको छ । सेयर बजार लगातार गिरावट र अनिश्चितताले लगानीकर्ता पर्ख र हेरको स्थितिमा बस्न बाध्य भएका छन् ।

आजको कारोबारमा कुनै पनि समूहको कारोबार राम्रो हुन सकेन भने सबै उपसुचकहरुमा गिरावट आएको छ । सबैभन्दा होटल समूहको उपसुचक एक दशमलव ७४ प्रतिशतले घटेको छ भने जलविद्युत समुहको उपसुचक एक दशमलव ५७ प्रतिशत र बिमा समुहको उपसुचक एक दशमलव २२ प्रतिशतले गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement