महालक्षमी बैंकले गर्यो त्रिमूर्तीलाई सहयोग

Advertisement

नवलपरासीः महालक्ष्मी विकास बैँकले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा नवलपरासीको श्री त्रिमूर्ती प्राथमीक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई दुई थान कम्प्युटरका साथै ३५ थान विद्यार्थीले बोक्ने झोला सहयोग गरेको हो ।

रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ताले बैँकको यो सहयोगले अहिलेको युगमा, शहरमा जस्तै गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएकाले बैंकको उक्त काम सराहनीय भएको बताए । श्री त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा बैँकलाई धन्यवाद ब्यक्त गरे ।

बैंकले यसप्रकारका सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement