राजधानीमा बिहानैबाट हल्का वर्षा, जाडो मौसमकै पहिलो वर्षा - मौसमविद

Advertisement

काठमाडौँ: राजधानीमा बिहानैबाट मौसममा बदली भई विभिन्न स्थानमा यस वर्ष जाडो महिनाको पहिलो वर्षा भएको छ ।
जल तथा मौसम बिज्ञान बिभागले देशका मध्ये र पश्चिम भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान स्वरुप आज बिहानैबाट वर्षा भएको हो ।

अहिले उपत्यकाको मौसम अवस्था पूर्णता बादलले ढाकेको छ । पश्चिमी वायुका कारण अहिले मध्ये र पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको र यो छोटो समयका लागि रहने विभागले जनाएको छ ।

न्यून चापिय प्रणाली
विभागले जनाए अनुसार --सुदुर पश्चिमबाट पश्चिमी न्यून चापिय प्रणाली नेपाल भित्रिने देखिन्छ। यस प्रणाली को असरले देशका पश्चिमि भू-भागहरूमा भोली बेलुकिबाट बदली भई केहि स्थानमा हल्का वर्षा र उच्च पहाडि र हिमालि भेगमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको देखिन्छ।

Advertisement

Advertisement

Advertisement