सेयर बजारलाई माघे झरिले भेट्यो, कारोबार जम्मा २६ करोड

Advertisement

काठमाडौंः सेयर बजारमा लगातार गिरावट भइरहेको बेला बुधबार भने सामान्य सुधार भएको छ । आज सेयर बजार परिसुचक नेप्से एक दशमलव ६९ अंकले बढेर एक हजार ३९४ दशमलव ७३ अंक कायम भएको छ ।

व्यापार र उत्पादनमूलक समूहको कारोबार राम्रो हुँदा नेप्से सामान्य सुधार देखिएको हो । आज पनि अधिकांश समूहको गिरावट जारी छ । व्यापार समूहको उपसुचक आज दुई दशमलव एक प्रतिशतले र उत्पादनमूलक समूहको उपसुचक एक दशमलव शुन्य पाँच प्रतिशतले बढेको छ ।

यता कारोबार रकम ह्वात्ते घटेर २६ करोड १५ लाख रुपियाँमा सीमित भएको छ । कारोबारमा निकै गिरावट आउनुमा मौसम प्रमुख कारण भएको विश्लेषकहरुको भनाई छ । बिहानैदेखि सुरु भएको माघे झरीले गर्दा नजजीवन प्रभावित भइरहेको बेला सेयर बजारमा किनबेच अघिल्ला दिनहरुमा जति पनि हुन सकेन ।

Advertisement

Advertisement

Advertisement