पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीः राई

Advertisement

काठमाडौंः एमालेका एक नेताले एमाले–माओवादी केन्द्रबीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै केपी ओली नै हुने जिकिर गरेका छन् । एमाले नेता शेरधन राईले रिपोर्टर्स क्लवमा बिहीबार पार्टी एकतापछि पनि दुवै पदमा ओली रहने दावी गरेका हुन ।

उनले पार्टी एकतापूर्व नै नयाँ सरकार गठन हुने बताए । राईले भने, ‘एमाले र माओवादीबीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, केही नीतिगत, सैद्धान्तिक र सांगठनिक कुराहरु जो छन्, यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्छ ।’

उनले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भए पनि आश्चर्य नमान्न आग्रह गरे । राईले भने, ‘ओली र प्रचण्डबीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्न सक्नुहुन्छ ।’

प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर आफूहरु अघि बढ्ने उनको भनाई थियो । राइले भने, ‘आर्थिक समृद्धि हाँसिल गर्नको लागि हामी विपक्षी दललाई पनि सम्मानका साथ सँगै लिएर जान चाहन्छौं, विकास र समृद्धिको यात्रामा उहाँहरुलाई पनि गोलबन्द गर्नेछौं ।’

Advertisement

Advertisement

Advertisement