लुम्बिनी विकास बैंकको हकप्रद सेयर विक्री आजबाट

Advertisement

काठमाडौं: लुम्बिनी विकास बैंकले विहिबारबाट १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । लुम्बिनीले १०ः१ अनुपातमा २० लाख ८ हजार ८७८.४७ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

न्युनतम सय रुपियाँ अंकित मूल्यको सो हकप्रद सेयर फागुन १६ गतेसम्म भर्न पाइनेछ । पुस २० गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन मिल्नेछ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं छन् भने यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ व्यवस्था गरिएको छ ।

यस्तै, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ ।

आस्वामा सेवा प्रादान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन गर्न पाइनेछ । अहिले बैंकको चुक्ता पुँजी दुई अर्ब ८८ लाख ७८ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपियाँ पुग्नेछ ।

लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर लुम्बिनी विकास बैंक बनेको हो ।

चालु आवको दोस्रो त्रैमासमा लुम्बिनीले १४ करोड ३७ लाख ९८ हजार रुपियाँ खुद मुननाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement