बुटवल पावर कम्पनीको एफपीओ माघ १५ गतेबाट

Advertisement

काठमाडौं: बुटवल पावर कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) माघ १५ गतेबाट खुल्ने भएको छ ।

बुटवल पावरले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्न लागेको हो । कम्पनीले फेस भ्यालु अर्थात न्युनतम सय रुपियाँमा ४०१ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ५०१ रुपियाँक दरले एफपीओ विक्री गर्न लागेको हो ।

बुटवलको यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार ४०० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

एफपीओमा आवेदन दिने अन्तिम माघ १९ गतेलाई तोकिएको छ । उक्त अवधिसम्म पनि आवश्यक एफपीओ बिक्री नभएमा भने फागुन १५ गतेसम्म म्याद राखिने जनाइएको छ ।

इच्छुक लगानीकर्ताले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट एफपीओ भर्न सक्नेछन् ।

यसआधारमा बुटवल पावरले दुई अर्ब ४० करोड ८१ लाख रुपियाँ बराबरको एफपीओ जारी गर्नेछ ।

Advertisement

Advertisement

Advertisement