प्रविधि क्षेत्रको कुम्भ मेला ‘क्यान इन्फोटेक’ भृकुटीमण्डपमा शुरु

Advertisement

काठमाडौंः कम्प्युटर एसोसिएसन महासंघ (क्यान)को आयोजनामा प्रविधि क्षेत्रको कुम्भ मेलाका रुपमा क्यान इन्फोटेकको २४औं संस्करण आजदेखी भृकुटिमण्डपमा शुरु भएको छ । सुचना तथा प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको जानकारी तथा प्रदर्शनका लागि मेलाको आयोजना गरिएको हो ।

२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मेलामा हलभित्र ४९ वटा ठुला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदशर्नी कक्ष रहेका छन् । त्यस्तै। ट्रसमा एक सय ४४, ओपन स्पेसमा १४ र फुड स्टल १० गरी कुल दुई सय २२ स्टल रहेका छन् ।

सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा राजनीतिक परिवर्तन सकिएकाले अब प्रविधिको विकासमा लाग्नुपर्ने बताए । उनले अब आर्थिक प्रगतीमा फड्को मार्न प्राविधिक क्षेत्रले उल्लेख्य प्रगती गर्न आवश्यक रहेको बताए ।

बस्नेतले सुचना तथा प्रविधिको क्षेत्रलाई प्राथमिक्ताका साथ अगाडी बढाएमा मात्र देशले काचुली फेर्ने भएकाले देशभरका सामुदायिक विद्यालयमा निशुल्क कम्प्युटर शिक्षा दिइने योजना सरकारले बनाएको बताए । उनले सरकारले लिएको उक्त लक्षय पुरा गर्न सरकारलाई क्यानले सहयोग गर्नेमा आफु ढुक्क रहेको बताए ।

बस्नेतका अनुसार आयातीत बस्तुको परिमाण घटाँउदै निर्यात बढाउनको लागि सुचना तथा प्रविधिको विकास आवश्यक रहेको छ ।

क्यानका अध्यक्ष हेमन्त चौरासियाले सुचना र प्रविधिबिनाको आधुनिक युगको कल्पना गर्न नसकिने बताए । उनले सरकारको साथ पाएमा क्यानले आगामी तीन वर्ष भित्र देशलाई ई-नेपाल बनाउने बताए ।

माघ १६ सम्म चल्ने उक्त मेलामा १४ गतेलाई ‘बिजनेस डे’का रुपमा मनाइने आयोजकले बताएको छ । मेला अवलोकनका लागि आयोजकले सर्वसाधरणलाई एक सय र विद्यार्थीका लागि ५० रुपियाँको व्यावस्था गरेको छ ।

मेला अवलोकनका लागि अनलाईन टिकटको व्यावस्था मिलाइएको र अनलाईन टिकटबाट मेला अवलोकन गर्नेलाई २० प्रतिशतसम्मको छुट दिइने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement