'विश्व क्रिकेट लिग च्याम्पियनसिप' का लागि नेपाली खेलाडी छनौट

Advertisement

काठमाडौंः नामिबियामा फेब्रुअरी ८ बाट सुरु हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ का राष्ट्रिय टोली घोषणा गरिएको छ । प्रतियोगिताको लागि पारस खड्काको नेतृत्वमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो ।

टोलीमा नव क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यू(१९ का रोहित एभरेष्ट प्रिमियर लिग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।

यस्तै अनिल पनि पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

आइसिसीका प्रतिनिधी अनिमुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सहितको टोलीको बिहिबार खेलाडी छनोट गरेको हो ।

प्रतियोगिताको तयारीका लागि नेपाल शनिबार युएई जाँदै छ । प्रस्थान गर्नेछ। नेपालले युएईमा तीन वटा अभ्यास खेल खेलेपछि फेब्रुअरी ४ मा नेपाली टोली युएईबाट नामिबिया लाग्नेछ।

नेपाली टोलीमा समावेश खेलाडी यसप्रकार छन्:
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दीलिप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी

सुनिल धमला
ललित राजवंशी
सिद्धार्थ लोहनी
किशोर महतो

Advertisement

Advertisement

Advertisement