सेनाले पूर्वको कटहरीमा बाड्यो न्यानो

Advertisement

काठमाडौँ: नेपाली सेनालेले मोरङको कटहरी गापा-२ का शितलहर प्रभावित बिपन्न १०० परिवारलाई ब्ल्यांकेट वितरण गरेको छ ।

सेनाको पूर्वी पृतनाको सहमतिमा सुर्यदल गणले जिल्ला रेड्क्रोस सोसाइटीको सहयोगमा त्यहाँका स्थानीय वासिन्दालाई न्यानो कपडा वितरण गरेको हो  ।

कार्यक्रम पूर्वी पृतनापति गौरब तनडुलको आथित्यमा सम्पन्न भएको थियो ।   सेनाले उक्त सामाजिक कार्य सैनिक-नागरिक सम्वन्धलाई राम्रो बनाउने उदेश्यका साथ गरेको जनाएको छ  ।

त्यस्तै, २०० जना बिद्यार्थीले पनि शैक्षिक सामग्री पाएका छन्  ।   त्यस्तै, सेनाले २० कार्टुन बिस्कुट र ९७ जनाको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ । कार्यक्रममा गणका गणपति इन्द्रिवर बिष्ट र प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement