तराईका आठ जिल्लमा पुर्वाधार जडान गर्दै सुबिसु

Advertisement

काठमाडौंः सरकारले सुबिसु केबलनेटलाई प्रदेश दुईको आठ वटा जिल्लाहरुमा नेटर्वकको पुर्वाधार विकास गर्न लागेको छ । सरकारले देशैभरमा सुचना तथा प्रविधिको पुर्वाधार निर्माणमा विभिन्न कम्पनीहरुसँग समन्वय गर्ने क्रममा सुबिसुलाई नेपाल दुर सञ्चार प्राधिकरणले स्वीकृती दिएको हो ।

सुबिसुले आफ्नो नेटवर्कलाई सुदिृढ गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकिया कम्पनीसँग सहकार्य गर्दै २ दशमलव ५ जिपिएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले आगामी दिनमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेकोे छ ।

सुबिसुले इन्टरनेट/डिजिटल टेलिकम सेवा प्रदान गर्ने प्रदायकको रुपमा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि देशैभर पुर्वाधार विस्तार गरीरहेको छ । नोकियाले संसार भरी संचार सेवालाइ आवद्ध गरिरहेको बेलामा नयाँ प्रविधिहरुको विकास गरि सरकारी निकाएका साथै व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको सेवाहरु प्रदान गरिआएको छ ।

Advertisement

Advertisement

Advertisement