उर्जा मन्त्रालयले आरओआर प्रकृतिका आयोजनाहरुलाई पीपीएको ढोका खोलिदियो, इप्पान खुशी

Advertisement

काठमाडौंः उर्जा मन्त्रालयले चालु आर्थिक बर्षको बजेट वक्तव्यअनुसार इनर्जी मिक्सको फर्मुलाअनुसार रन अफ द रिभर (आरओआर) प्रकृतिका जलविद्युत आयोजनाका निजी प्रवद्र्धकहरुसँग टेक अफ पे मा विद्युत खरिद सम्झौता (पीपीए) गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकोमा स्वतन्त्र जलविद्युत उत्पादकहरुको संख्या (इप्पान)ले स्वागत गरेको छ ।

यसअघि राष्ट्रिय उर्जा संकट निवारण कार्ययोजनाअनुसार १० हजार मेगावाटमा ३० प्रतिशत आरओआर प्रकृतिका आयोजनाहरुसँग टेक अफ पेमा पीपीए गर्ने भनिएअनुसार उक्त सीमा पार गरेकाले प्राधिकरणले थप आयोजनाहरुसँग पीपीए नगरी बसेको थियो ।

मन्त्रालयले बजेट वक्तव्यअनुसार भन्दै अब सात बर्षमा १७ हजार मेगावाट विद्युत विद्युत उत्पादनका लागि इनर्जी मिक्समा आरओआरको प्रतिशत सात बर्षमा १७ हजार कायम गर्ने निर्णय गरेर प्राधिकरणलाई पत्र लेखेपछि निजी प्रवद्र्धकहरु खुसी भएका हुन ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, ‘स्वदेशी लगानीकर्ताले म आयोजना बनाउँछु भन्दा रोकिएको थियो । विदेशीलाई रोकिएको थिइन । मन्त्रालयको यो निर्णयले अब पीपीए गर्न बाटो खुलेको छ । उर्जामन्त्रीले पीपीए गर्न नपाएर अडकिएका आयोजनाहरुका लागि बाटो खोलिदिनुभएकोले हामीले धन्यवाद दिएका हौं ।’

दलहरुले आफ्ना घोषणापत्रमा १० बर्षमा १० हजार मेगावाट र २० बर्षमा २५ हजार मेगावाटको लक्ष्य लिनु र सरकारले सात बर्षमा १७ हजार मेगावाट उत्पादनको लक्ष्य लिनु यस क्षेत्रको विकासका लागि सकारात्मक भएको भन्दै इप्पानले पछिल्लो निर्णयप्रति उर्जा मन्त्रालयको प्रशंसा गरेको छ ।

Advertisement

Advertisement

Advertisement