लगानी योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले आइतबार २० अर्वको रिपो जारी गर्ने

Advertisement

काठमाडौं: बैंक तथा वित्तीय संस्थामा तरलता (लगानी योग्य पुँजी) अभाव भएपछि नेपाल राष्ट्र बैंकले दुई साताका लागि २० अर्वको रिपो आइतबार जारी गर्ने भएको छ ।

सो रकम केन्द्रिय बैंकले नेपालको बैंकिङ प्रणालीमा पठाउने छ । रिपो उपकरणका माध्यमबाट राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गर्न लागेको हो ।

तर बैंकरहरुले भने बैंकिङ प्रणालीमा तलरता अभाव नभई कर्जा लगानी गर्ने रकम अभाव भएको बताउँदै आएका छन् ।

हाल अधिकांश बैंकको सीसीडी रेसियो उच्चतम विन्दुमा पुगिसकेकाले थप कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा तरलता पनि न्यून हुँदै गएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग २३ अर्ब जतिमात्र मात्र तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

रिपोमार्फत तरलता स्वीकार गर्न बैंक तथा वित्तीय संस्थाले भोलि बोलकबोल गर्नुपर्ने छ ।

जानकारी अनुसार आइतबार मध्यान्न २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । जारी गरिने रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । यो माघ २८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अन्सुअर बजारमा तरलता अभाव भएकाले रिपो जारी गर्न लागिएको हो । उनका अनुसार तरलता अभाव भएका बैंक तथा वित्तीय संस्थाले यसमा आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement