देउवा सरकारको निर्णय जनताको हितमा छ - यादव

Advertisement

काठमाडौँ: कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै गरेका निर्णय जनताको हितमा भएकाले ती राम्रा कामहरुको चर्चा परिचर्चा देशव्यापी बनेको प्रतिक्रिया दिएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले ६५ वर्षका वृद्धलाई वृद्ध भत्ता दिने तथा भूकम्पपीडितलाई एक लाख वृद्धि गर्ने तथा शहीद घोषणा गर्ने सरकारको पछिल्लो निर्णय धेरै वर्षदेखि अप्ठ्यारोमा रहेका शहीद परिवारका लागि राम्रो पक्ष भएकाले कसैले विरोध गर्नु आवश्यक नभएको बताए ।

उनले ती निर्णय अब बन्ने सरकारले उल्टाउनुको कुनै तुक नभएको बताए ।

नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भइसकेको र अब घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरे । उनले केही वर्ष अघिसम्म नदीको दुई किनारमा रहेका पार्टी एकै ठाउँमा मिलेको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले एमाले पार्टीको अध्यक्ष पद प्रचण्डलाई दिए मात्र पार्टी एकता हुने बताउँदै पार्टी एकताका लागि फलामको च्यूरा चपाउनु जतिकै गाह्रो भइरहेको छ भने ।

राष्ट्रिय जनता पार्टीका नेता लालबाबु राउतले संविधानमा गम्भीर त्रुटि रहेकाले लामो समयसम्म नयाँ सरकार बन्न नसकेको बताए । एमालेले संविधानको धारा २७४ सहित जनविरोधी धारा संशोधन गर्न तयार भए मात्र संविधान संशोधनको मुद्दामाथि छलफल चलाउन सकिने बताए ।

Advertisement

Advertisement

Advertisement