वायुसेवा सञ्चालक संघमा पुनः कार्की, पर्यटन विकासका लागि अझै काम गर्ने

Advertisement

काठमाडौंः वायु सेवा सञ्चालक संघको अध्यक्षमा पुनः पवित्रकुमार कार्की निर्वाचित भएका छन् । संघको १७औं बार्षिक साधारणसभाले कार्कीलाई दुई बर्षका लागि पुनः अध्यक्ष चयन गरेको हो ।

संघमा (एयर डाइनाष्टी)को अध्यक्षयतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । जसको उपाध्यक्ष राजेन्द्रबहादुर सिंह (सीता एयर), द्धितीय उपाध्यक्ष मनोज रिमाल (यती एयरलाइन्स/तारा एयर), महासचिव मनोज कार्की (समिट एयर), सचिव राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्ष रुपेश जोशी (बुद्ध एयर), सदस्यहरुमा गोपालप्रसाद भट्टराई (सौर्य एयरलाइन्स), राजेन्द्र शाक्य (सिम्रिक एयरलाइन्स), क्या. दीपक राणा (फिस्टेल एयर), प्रेमकुमार थापा (सिम्रिक एयर), विरेन्द्रराज श्रेष्ठ (हेलि एभरेष्ट) छन् ।

वायुसेवा कम्पनीहरुको प्रबद्र्धन तथा संस्थागत विकासका साथै नेपालको हवाई क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्दै पर्यटन उद्योगको विकास गर्न भन्दै संघको स्थापना भएको हो । कार्यक्रममा संघका अध्यक्ष कार्कीले मुलुकको पर्यटन विकासमा संघले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि भूमिका खेल्ने बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले नागरिक उड्यनका क्षेत्रमा देखा परेको हालका समस्या र चुनौतीलाई हल गर्न प्राधिकरण लागिपरेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन विकासको क्षेत्रका वायुसेवाहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

Advertisement

Advertisement

Advertisement