कृषि विकास बैंकको बुक क्लोज भोलि, २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: कृषि विकास बैंक लिमिटेडले प्रदान गरेको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले यस प्रयोजनका लागि माघ १५ गते सेयरधनी दर्ता किताव बन्द गर्दै छ । बैंकको साधारण सभा माघ २९ गते बस्दै छ ।
बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा आइतबार नै सेयर किनिसक्नुपर्नेछ ।

त्यस्तै, आउने सभामा बैंकले एक दसमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्नेछ ।

बैंकले साधारण सेयरधनीलाई हाल कायम ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपियाँको २० प्रतिशतले हुने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपियाँ बोनस सेयरमा खर्च गर्नेछ ।

यसैगरी, कर तिर्न बैंकले ७ करोड ४६ लाख ७ हजार १५८ रुपियाँ नगद दिन लागेको हो ।

बैंकले अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६ प्रतिशतले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपियाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।

बैंकले २० प्रतिशत बोनस सेयरपछि चुक्त पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement