बैंक अफ काठमान्डूको मुनाफा घट्यो

Advertisement

काठमाडौं: बैंकको अफ काठमान्डूको चालु आर्थिक वर्षको दास्रो त्रैमासको खुद मुनाफामा आठ दसमलव २९ प्रतिशतले कमी आएको छ ।

बैंकको गत आर्थिक वर्षको यही अवधिमा ६० करोड १४ लाख ४७ हजार रुपियाँ खुद नाफा गरेकोमा यो वर्ष उसको माफा ५५ करोड १५ लाख ७९ हजार रुपियाँमा सीमित भएको हो ।

खुद ब्याज आम्दानीमा र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी ०.३५ प्रतिशतले घटेर १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपियाँमा आएको छ ।

यता, बैंक अफ काठमान्डूको सञ्चालन नाफा पनि १२.६३ प्रतिशतले घटेर ७५ करोड ६५ लाख ६३ हजार रुपियाँमा सीमित भएको छ । गत वर्ष पनि बैंकले ८६ करोड ५९ लाख ९८ हजार रुपियाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकले यो त्रैमासमा ६ करोड ८६ लाख ७५ हजार रुपियाँ राइट ब्याक गरेको छ । प्रोभिजनमा भने २३ करोड ५९ लाख ६६ हजार रुपियाँ छुट्याएको छ ।

बैंकको निक्षेप संकलनमा ०.६३ प्रतिशत मात्र वृद्धि हुँदा कर्जा लगानी २.९९ प्रतिशतले बढेको छ । बैंकले ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपियाँ निक्षेप संकलन गरेको छ । यता, दोस्रो त्रैमाससम्ममा बैंकले ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपियाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी १०.९४ प्रतिशतले बढाएर ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपियाँ पुर्याएको छ ।

यसैगरी, रिजर्भ कोषमा पनि ७७.९२ प्रतिशतको वृद्धि भएको छ । रिजर्भ कोषमा अहिले ४ अर्ब ८९ करोड ७५ लाख ७ हजार रुपियाँ छ । यता, बैंकको खराब कर्जा अनुपात गत वर्षको भन्दा बढेर १.८६ प्रतिशत पुगेको छ । कस्ट अफ फन्ड पनि ४.१५ प्रतिशतबाट बढेर ७.६०% पुगेको छ ।

Advertisement

Advertisement

Advertisement