सन्दीप आइपियलका लागि खरिद, दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किन्यो

Advertisement

काठमाडौँ: नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी तथा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपियल) क्रिकेटको लागि टिम दिल्ली डेयरडेभिल्सका लागि खरिद भएका छन् ।

नेपाली क्रिकेट इतिहाँस मै पहिलो पटक आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर भएका छन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय सन्दिपलाई २० लाख भारुमा खरिद गरेको हो । अक्सनका लागि उसको न्युनतम मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले उनलाई त्यति नै मूल्यमा खरिद गरेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

खरीद्पाची दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

देल्ही डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुडि्कलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिन्छन्, जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी पहिलो ११ अर्थात फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement