मेगा बैंकको मुनाफामा ३८५ प्रतिशतको छलाङ

Advertisement

काठमाडौं: मेगा बैंकले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको हो ।

बैंकका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खूद मुनाफा गरेको मेगाले पौष मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपियाँ कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो । दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपियाँले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपियाँले बढेको छ ।

अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको छ । ६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ ।

जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरुमा थप सुधार हुने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement