सरकारले खरिद नगरेपछि भूकम्पका जस्तापाता बेच्ने तयारी

Advertisement

काठमाडौँ: पुनपिनर्माणका लागि भरतबाट आयात गरिएको करोडौं मूल्यको जस्तापाता टेन्डरमार्फत बिक्री गर्न लागिएको छ ।

भूकम्पपछिको पुननिर्माण गर्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३३ करोड मूल्यबराबरको जस्तापाता खरिद गर्न लगाएको थियो ।

कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत भारतको जिंदल स्टिल उद्योगबाट ३५ मिलिमिटरदेखि ५० मिलिमिटरको एक सय ५० जिंक कोटेडदेखि दुई सय ५० कोटेड भएको ५० हजार बन्डल जस्तापाता खरिद गरी आयात गरेको थियो ।

कर्पोरेसनले चर्को ब्याजदरमा विभिन्न बैंकबाट रकम लिएर जस्तापाता खरिद गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जस्तापाता आयात भएको करिब अढाई बर्षसम्म पनि सरकारले खरिद नगरेपछि कर्पोरेसनले टेन्डरमार्फत बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

Advertisement

Advertisement

Advertisement