पाँच करोडबढीको बैंकिङ कसुरका दोषी खड्का पक्राउ

Advertisement

रत्ननगर, चितवन: बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिए ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो ।

त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो ।

यसैगरी फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका चितवन भरतपुरका अमृत गुरुङ र सिजे लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको छ ।

खड्काले ०६५ सालमा क्यापिटल मर्चेन्ट फाइनान्सबाट ५ करोड ७५ लाख रुपियाँ कर्जा निकासा गरी फरार भएका थिए । उनले आफू सञ्चालक भएको सात्विक डेभलोपर्सको नाममा दर्ता भएको जग्गाहरु धितो राखेर कर्जा लिएका थिए ।

यस बाहेक हालसम्ममा यस ब्यूरोको टोलिले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा ६ बर्ष कैद र १३,३०,००,००० र (जरीवानालाई मिति २०७२/ २/ १४ गते, नवराज खत्री ३ बर्ष कैद ६,५०,००,००० र ( जरीवानालाई मिति २०७२/२/१९ गते, तुलसाकुमारी धमला ३ बर्ष कैद र २,२०,००,०००र (जरीवानालाई मिति २०७२।०४।१७ गते, भाइकृष्ण खड्का ३ बर्ष कैद र ३,५०,००,००० र (जरीवानालाई मिति २०७२/०५/०२ गते र किरण केशर नेपाल ३ बर्ष कैद र ९,४१,३७,७७४ जरीवानालाई मिति २०७३/१०/२४ गते फैसला कार्यान्वयनको लागि पक्राउ गरेको गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement