एलजीका ४५ जना डिलरलाई थाइल्याण्ड घुम्ने अवसर

Advertisement

काठमाडौंः यस बर्ष दशैंतिहारमा दिएको लक्ष्य पूरा गरेवापत एलजीले आफ्ना ४५ डिलरहरुलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गरेको छ । उनीहरु पाँच दिन थाइल्याण्डका विभिन्न स्थान घुमेर रमाइलो गर्नेछन् ।

यस बर्षको भ्रमणलाई ‘इन्ज्वाइ एण्ड ह्याभ अ ग्रेट ट्रिप टू थाइल्याण्ड २०१८’ नारा दिइएको छ । प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।

यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ यसपाली थाइल्याण्ड भ्रमणको व्यवस्था गरिएको एलजीले जनाएको छ । नेपालमा एलजी ब्राण्डका उत्पादनहरु चौधरी समूहको सिजी इम्पेक्स प्रालीले बिक्री गर्ने गर्दछ ।

Advertisement

Advertisement

Advertisement