एनसीसी बैंकको नयाँ शाखा रातोपुलमा

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले काठमाण्डौंको रातोपुलमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटनमा बोल्दै उनले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने कुरा व्यक्त गरे । शिवाकोटीले कार्यक्रममा बोल्दै नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने बताए ।

उनले सरकारको दुर्गम क्षेत्रमा बैंक पु¥याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पु¥याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरे ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफ्नो स्वागत मन्तव्यको क्रममा यस बैंकले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी आठ अर्ब पु¥याउने प्रक्रृयामा गई सकेको जानकारी गराए ।

बैंकले २०७४ पौष मसान्तसम्ममा निक्षेप परिचालन ५९ अर्ब रुपियाँ तथा ५१ अर्ब रुपयाँ कर्जा प्रवाह गरेको छ भने ३५ दशमलव४५ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको देशभर हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement