'अन्तर्राष्ट्रिय व्यापार मेला' फागुन २४ गतेबाट

Advertisement

काठमाडौँ: ‘नेपाली वस्तु प्रवद्र्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मूलनाराका साथ सातौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुन २४ देखि २८ गतेसम्म सो अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भवानी राणाले नेपाल संघीयतामा प्रवेश गरेसँगै आर्थिक समृद्धि तथा देश विकास एक मात्र राष्ट्रिय एजेण्डा भएको बताउँदै महासंघले पनि मुलुकको आर्थिक विकासमा आफ्ना सम्पूर्ण ध्यान केन्द्रित गरेको बताइन् ।

उनले नेपाली गाउँघरमा उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने तथा घरेलु उद्योगलाई टेवा पु¥याउन मेला आयोजना गरिएको जानकारी दिईन् ।

मेलामा नेपाल, चीन, थाइल्याण्ड, मलेसियासहित सार्क मुलुकको सहभागिता रहने छ । तीन सयभन्दा बढी व्यापार कक्ष रहने सो मेलामा स्वदेशी तथा विदेशी गरी दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको महासंघले जनाएको छ ।

यसैगरी मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, शिक्षा र औषधिलगायत कक्ष रहने जनाएको छ ।

सो अवसरमा मेला आयोजक समितिका सभापति दिलसुन्दर श्रेष्ठले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सबै राजनीतिक दल तथा व्यवसायीको एक मत रहेकाले अब यस सम्बन्धी नीतिगत छलफल हुनुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement