प्राइम कमर्सियल बैंकले दोस्रो त्रैमासमा कमायो  ७१ करोड ५१ लाख रुपियाँ खुद मुनाफा

Advertisement

काठमाडौं: प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा ७१ करोड ५१ लाख रुपियाँ खुद मुनाफा गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा २७ दशमलव ७७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोही अवधिमा मुनाफा ५५ करोड ९७ लाख रुपियाँ कमाएको थियो ।

अघिल्लो वर्ष ४ अर्ब ९४ करोड ३ लाख रुपियाँ चुक्ता पुँजी भएको प्राइम बैंकले ६२ दशमलव ६१ प्रतिशतले वृद्धि गरी ८ अर्ब ३ करोड ३२ लाख रुपियाँ पुर्याएको छ । जसले जगेडाकोष १३ प्रतिशतले घटेर २ अर्ब ११ करोड ६९ लाख रुपियाँ छुटाएको छ । बैंकले निक्षेपमा २९ प्रतिशतले र कर्जामा ३५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले खुद ब्याज आम्दानीमा २९ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ४ करोड २५ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले संचालन मुनाफा २८ दशमलव ६७ प्रतिशत वृद्धि गरि ९४ करोड ४६ लाख रुपियाँ आम्दानी गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले प्रोभिजनमा २६ करोड ८३ लाख रुपियाँ राखेको छ भने खराबकर्जा १३ करोड ९ लाख रुपियाँ उठाएको छ ।

Advertisement

Advertisement

Advertisement