एनसीसीको खुद नाफामा ३५६ प्रतिशतले वृद्दि

Advertisement

काठमाडौंः एनसीसी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५ करोड ४५ लाख २० हजार रुपियाँ गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा सात करोड ७६ लाख १९ हजार रुपियाँ गरेको थियो ।

एनसीसीले गत वर्षको तुलनामा ३५६ दशमलव ७४ प्रतिशत खुद नाफा बढाएको हो । सो अवधिमा बैंकले खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा ४३ दशमलव ०३ प्रतिशतले घटेर ५८ करोड ७४ लाख २८ हजार रुपियाँमा झरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा एक अर्ब तीन करोड ११ लाख ८४ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, एनसीसीको आवको दोस्रो त्रैमासको मुनाफामा भने १२६ दशमलव ८८ प्रतिशतले वृद्दि भएर १७ करोड ४१ लाख १९ हजार रुपियाँ पुगेको छ । बैंकले गत वर्षको सोही अवधिमा सात करोड ६७ लाख ४२ हजार रुपियाँ मुनाफा गरेको थियो ।

एनसीसीले उक्त अवधिमा ५८ अर्ब ९१ करोड ३५ लाख २० हजार रुपियाँ निक्षेप संकलन गरेको छ । बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement