देव: विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो १४ करोड खुद मुनाफा

Advertisement

काठमाडौं: देव: विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमाससम्म १४ करोड ६ लाख रुपियाँ खुद मुनाफा गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा शुन्य दशमलव २१ प्रतिशतले बढी हो । बैंकको गत वर्षको सोही अवधिमा १४ करोड ३ लाख खुद मुनाफा रहेको थियो ।

बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपियाँ पुगेको छ । बैंकको निक्षेप १३ अर्ब ५० करोड पुगको छ भने कर्जा लगानी ११ अर्ब ८८ करोड पुगेको छ ।

बैंकले खुद ब्याज आम्दानीमा २० दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकले ३१ करोड ४८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले प्रोभिजनमा २ करोड ७५ लाख रुपियाँ राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव २३ रुपियाँ ( वार्षिकीकरण गरिएको) , मूल्य आम्दानीको अनुपात १० दशलमव २७, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ७९ रुपियाँ र तरलता अनुपात २७ दशमल २० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement