महिन्द्रा टू ह्वीलरको केयर क्बलमा विशेष छुट सुविधा

Advertisement

काठमाडौंः नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले महिन्द्रा टु ह्वीलर केयर क्लवअन्तर्गत विशेष सुविधा तथा छुटको व्यवस्था मिलाएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय सेवा दिने लक्ष्यसहित अग्निले केयर क्लबको सेवा सुचारु गरेको हो ।

कम्पनीले ल्याएको उक्त सुविधा माघ १७ गतेदेखि सुचारु गरिने बताएको छ । साथै, माघ १९ गतेसम्म तीन दिनमा लागि सामाखुसीको सर्भिस सेन्टरमा फ्रि सर्भिसिङको र एक्स्चेन्ज क्याम्पको व्यावस्था कम्पनीले मिलाएको छ । यस क्लवमा आवद्ध भएपछि ग्राहकले एक वर्षमा चार पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा दुई पटकसम्म आफ्नो बाइक÷स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्ने जनाइएको छ ।

साथै, जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा पाँच तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि दिइने कम्पनीले जनाएको छ । सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि कम्पनीले मिलाएको छ ।

अग्निका आधिकारिक आउटलेटहरुबाट १२ सय रुपियाँ (भ्याट सहित) तिरेर उक्त योजनामा सहभागी जनाउन पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement