ओलीको आग्रहमा स्वराज भोलि नेपाल आउंदै

Advertisement

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भमण तय भएको खबर आजको घटना र विचार साप्ताहिकले प्रकाशित गरेको छ ।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी कुराकानी गर्ने क्रममा मोदीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा नयाँ दिल्लीमा स्वागत गर्न आतुर रहेको बताएको र प्रतिक्रिया व्यक्त गर्दै ओलीले पनि मोदीलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

समाचारमा लेखिएको छ, त्यसक्रममा ओलीले मुक्तिनाथलगायतका धार्मिक स्थलहरुको भ्रमण गराइने पनि बताएका थिए ।

कुराकानीकै क्रममा ओलीले उच्च भ्रमणको आदानप्रदान हुनुअघि राजनीतिक तहमा केही कुराकानी हुन आवश्यक रहेको बताउँदै त्यस निम्ति जिम्मेवार व्यक्तिको भ्रमण उपयुक्त हुने धारणा मोदीसमक्ष प्रकट गरेका थिए ।

ओलीको आशय स्पष्ट भएपछि मोदीको इच्छाअनुरुप माघ १८ गतेका लागि सुष्मा स्वराजको नेपाल भ्रमण तय भएको बुझिएको छ ।

भारत र नेकपा एमालेको नेतृत्वबीच उत्पन्न शंका र अविश्वासको स्थिति अन्त्य गर्न स्वराजको भ्रमणले योगदान पुर्याउने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement