अवैधरुपमा चिकित्सकीय कार्य गर्नेलाई सात दिन म्याद थप, छुटाउन चर्को दवाव - केसी

Advertisement

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले अवैधरुपमा चिकित्सकीय काम गरिरहेका १७ जनालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थप अनुसन्धान गर्नका लागि सात दिन थुनामा राख्न अनुमति दिएको काठमाडौँ अदालतका स्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँका विभिन्न अस्पतालमा आफूलाई डाक्टर भएको भन्दै अवैधरुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई सोमबार पक्राउ गरेको थियो ।

अवैध १७ डाक्टर ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटललगायतका अस्पतालमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

अवैधरुपमा काम गरेका डाक्टरले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिइकन काम गर्दै आएका प्रहरीले जनाएको छ । अनुमति नै नलिइ बिरामीको परीक्षण गरेकाले १७ डाक्टरलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न सात दिन म्याद थप गरिएको हो ।

 

सिआईविका प्रमुख पुस्कर कार्कीका अनुसार समातिएकाहरुलाई छुटाउन अहिले चर्को दवाव आइरहेको उनले बताए । तर उनले भने जस्तो दवाव आएपनि कानूनको परिधिभित्र रहेर छानविन गरेर मात्रै उनीहरु अदालैत प्रक्रिया पुर्याएर छुट्न सक्छन् ।

Advertisement

Advertisement

Advertisement