चुक्ता पूँजी पुर्याउन सेन्चुरी कमर्सियलको १० प्रतिशत लाभांश दिने निर्णय

Advertisement

काठमाडौं: सेञ्चुरी कमर्सियल बैंकले पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैंकलाई गाभेपछि कायम हुने चुक्तापूँजीबाट सेञ्चुरीले लाभांश दिन लागेको हो ।

बैंकको आज बसेको बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको चुक्तापूँजी ७ अर्ब ६७ करोड ९४ लाख रहेको छ । बोनस सेयर वितरणपछि बैंक पूँजी ८ अर्व पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement